राेकिराखेकाे ट्रकमा अर्काे ट्रक ठाेक्किँदा ३ जनाकाे मृत्यु

सेयर गर्नुहोस्
98Shares

कार्तिक २७, ई–साझाकुरा

कंलकी मकालु पेट्राेल पम्पमा कुखुरा बाेक्ने ट्रकले राेकिराखेकाे ट्रकलाई ठक्कर दिँदा  ३ जनाकाे मृत्यु भएकाे छ ।

कलंकीस्थित सडकखण्डमा मकालु पेट्रोल पम्पअगाडि पार्किङ गरी राखिरहेको बा ३ ख ७५३० नं को ट्रकलाई बल्खुबाट सितापाईलातर्फ जाँदै गरेको बा ५ ख ८८६५ नं को कुखुरा बोक्ने ट्रकले ठक्कर दिदा साेही कुखुरा बाेक्ने गाडीमा सवार तीन जनाकाे मृत्यु भएकाे हाे ।

महानगरीय प्रहरी वृत्त कालिमाटीका प्रमुख डिएसपी अपिलराज बाेहाेराले घाईते ४ जनामध्ये ३ जनाको मृत्यु भएको र १ जनाकाे अवस्था सामान्य रहेको बताए ।

कुखुरा बाेक्ने ट्रकमा सवार ४ जनालाइ नजिकै रहेकाे कलंकीस्थित सहिद अस्पतालमा लगिएकाे थियाे । उपचारकाे क्रममा ३ जनाकाे मृत्यु भएको डिएसपी बाेहाेराकाे भनाइ छ ।

डिएसपी अपिलराजका अनुसार मृत्यु हुनेमा नुवाकोटकाे सुन्दरदेवी गा.पा. घर भएका २४ वर्षीय रोशन तामाङ, नुवाकोट तारकेश्वर गा.पा. घर भएका ३७ वर्षका माधव घिमिरे, नुवाकोटकै तारकेश्वर गा.पा. का भुवेन्द्र तामाङ रहेका छन् ।

घाईते नुवाकोट तारकेश्वर घर भएका वर्ष २२ का विजय तामाङ रहेकाे र उनकाे उपचार भईरहेकाे प्रहरीले जनाएको छ । दुवै सवारी साधनका चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेकाे कालिमाटी बृत्तले जानकारी दिएकाे छ ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट आज देखि यमपञ्‍चक सुरु, घरघरमा भित्रियो तिहार
अगिल्लो पोस्ट विश्वकप छनोट अन्तर्गत नेपालले खेल्ने बाँकी खेल अर्काे वर्ष हुने