९२ प्रतिशत प्रभावकारिता,रुसमा निर्मित कोरोनाबिरुद्धको भ्याक्सीन

सेयर गर्नुहोस्
387Shares

विश्व समुदायले आशा गरेको रुसमा निर्मित स्पुतनिक फाइभ नामक कोरोना भाइरसको भ्याक्सिनले ९२ प्रतिशत प्रभावकारिता देखाएको छ । रुसको सार्वभौम वेल्थ फन्डले बुधबार अन्तरिम परीक्षण गर्दै यो तथ्य सार्वजनिक गरेको हो ।विश्वभरी कोरोना महामारी फैलिएपछि विश्वका शक्ति सम्पन्न मुलुकहरुले भ्याक्सीन निर्माणमा होडबाजी गरिरहेका छन् । होडबाजीमा रुस अगाडि रहेको छ ।

उसले निर्माण गरेको भ्याक्सीन २ पटक प्रयोग गरेका ९२ प्रतिशत मानिसमा कोरोना संक्रमणको जोखिम नरहेको भ्याक्सीन बिकासमा भूमिका खेलिरहेको रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्डले जनाएको छ ।उसले २ दिन अघि मात्रै सो भ्याक्सीनले ९० प्रतिशत काम गरेको भनेर सबैभन्दा पहिला घोषणा गरेको थियो । उसले बुधबार भ्याक्सीनको विवरणसमेत सार्वजनिक गरेको छ । विरणमा उसले १६ हजार मानिसमा दिइएको भ्याक्सीनले त्यसको ९२ प्रतिशत मानिसमा कोरोना संक्रमाणको संभावना नभएको उल्लेख गरेको छ ।यो तेस्रो चरणको परीक्षण हो ।

रुस सरकारले सो भ्याक्सीन निर्माणका लागि गएको अगष्टमै स्वीकृती दिएको थियो । हालको प्रभावकारिताको दावी तथ्यमा आधारित रहेर फन्डका प्रमुख किरिल डिमिट्रिएभले जिकिर गरेका छन् ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट कोरोना नियन्त्रण र उपचारमा हालसम्म ६ अर्ब बढी रकम खर्च : स्वास्थ्य मन्त्रालय
अगिल्लो पोस्ट आज देखि यमपञ्‍चक सुरु, घरघरमा भित्रियो तिहार