कोरोना नियन्त्रण र उपचारमा हालसम्म ६ अर्ब बढी रकम खर्च : स्वास्थ्य मन्त्रालय

100Views
0 Shares

सरकारले कोभिड १९ को संक्रमण रोकथाम नियन्त्रण र उपचार व्यवस्थापनमा हालम्म ६ अर्ब भन्दा बढी रकम विनियोजन गरेको जनाएको छ ।
आज स्वास्थ्य मन्त्रालयको प्रेस ब्रिफिङमा प्रवक्ता जागेश्वर गौतमले आर्थिक वर्ष २०७७/०७८ मा कोभिड १९ संक्रमण रोकथाम नियन्त्रण र उपचार व्यवस्थापनमा ६ अर्ब ८१ करोड ५९ लाख ६ हजार रकम विनियोजन भएको बताउनुभएको हो ।मन्त्रालयका अनुसार हाइ डिपेन्डेन्सी युनिटका लागि ३ अर्ब २५ करोड समेत समावेश गरिएको छ ।

उक्त रकममध्ये प्रयोगशाला तथा परीक्षण व्यवस्थापनमा १ अर्ब १२ करोड ४० लाख निकासा गरिएको छ ।यस्तै संक्रमित व्यवस्थापन, कन्ट्याक ट्रेसिङ, जोखिम भत्ता बापत १ अर्ब १४ करोड २९ लाख ६ हजार निकासा भएको छ भने आइसीयु, भेन्टिलेटर र अस्पताल सूदृढीकरणमा १ अर्ब २९ करोड ९० लाख रकम निकासा गरिएको छ ।

प्रतिकृया दिनुहोस्


साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here