विश्व शान्तिका लागि लुम्बिनीमा शरण, ‘एक रुपैयाँ दान अभियान’ शनिबार सुरु हुने

सेयर गर्नुहोस्
387Shares

आगामी शनिबार गौतम बुद्ध जन्मस्थल लुम्बिनीमा ‘विश्व शान्तिका लागि लुम्बिनीमा शरण, एक रुपैया दान अभियान सुरु गरिने भएको छ ।दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कका महासचिव इसला रुवन विराकोन र श्रीलंकाका क्रिशान्ति यस अभियानको शुभारम्भ गर्नका लागि सहभागी हुनुहुनेछ ।

श्रद्धेय भिक्षु स्ल्याल्पा तेन्जिङ रिम्पोचेले यस पवित्र अभियानमा राम्रो विचार, शान्तिका लागि प्रार्थनाका साथै एक रुपैयाँ दानमा सहभागी भइदिनुहुन आमन्त्रण गर्नुभएको हो । उहाँ भन्नुहुन्छ, ‘महासिद्ध शरण भनेको विश्व शान्त् िर सद्भावनाका लागि चाहिने बिउ समान हो । यसमा आफ्नो व्यक्तिगत स्वार्थ नराखी पवित्र मन र दानी हुदयका साथ सबै सहभागी हुन सक्नुहुन्छ । ’
यस अभियान युनिभर्सल पीस स्यान्चुरीको अगुवाईमा हुने बताइएको छ ।यस अभियानमा सहयोग गर्नुहुने सवैको कदर गर्दै उहाँहरुको नाम यस विश्व शान्तिका लागि महासिद्धि शरणमा समावेश गरिने पनि आयोजकले जनाएका छन् ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट अवैध रुपमा सञ्चालित हेटौंडाको एक अगरबत्ति उद्योग सिल
अगिल्लो पोस्ट कोरोना नियन्त्रण र उपचारमा हालसम्म ६ अर्ब बढी रकम खर्च : स्वास्थ्य मन्त्रालय