राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसीलाई कोरोना पुष्टी

सेयर गर्नुहोस्
138Shares

कार्तिक २६, काठमाडौं ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई कोरोना पोजिटिभ देखिएको छ । केही दिन यता अस्वस्थ केसीको बुधबार पीसीआर रिपोर्ट पोजिटिभ देखिएको हो ।
उहाँको अहिले ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । अध्यक्ष केसीको अवस्था सामान्य रहेको केसीकी छोरी रितु केसीले जानकारी दिनुभयो ।
केसी करिब एक महिनादेखि भैरहवामा हुनुहुन्थ्यो । त्यही क्रममा रुघा खोकी तथा ज्वरो आउने समस्या देखिएपछि उहाँको पीसीआर परीक्षण गरिएको थियो । तर त्यहाँ रिपोर्ट निगेटिभ आएको थियो ।
मंगलबार बुटवलबाट काठमाडौं आउनुभएका केसीलाई त्यहिदिन मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट वाणगंगा ७ ले निशुल्क दियो २७ व्यवासायी महिलाहरुलाई सिलाई मेसिन
अगिल्लो पोस्ट सिफारिस बनाएर रकम असुल्ने पक्राउ