दुई लाख नाघे नेपालमा कोरोना सङ्क्रमित

सेयर गर्नुहोस्
0Shares

कात्तिक २६, काठमाण्डौ ।
नेपालमा कोरोना भाइरस (कोभिड–१९) का सङ्क्रमितको सङ्ख्या दुई लाख नाघेको छ । बुधबार थप दुई हजार पाँच सय ६९ जनामा कोरोना सङ्क्रमण देखिएसँगै कोरोना सङ्क्रमितको सङ्ख्या पुगेको छ ।

पछिल्लो २४ घण्टामा १० हजार ८१ जनाको नमुना परीक्षण भएको हो । त्यस्तै गएको २४ घण्टामा एक हजार ६ सय ६६ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या एक लाख ६२ हजार दुई सय ४३ पुगेको छ ।

अब नेपालमा ३८ हजार नौ सय १२ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै एक हजार एक सय नौ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घण्टामा २६ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार एक सय ७४ पुगेको छ ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट मंसिर २ गते सार्वजनिक विदा दिने सरकारको निर्णय
अगिल्लो पोस्ट वाणगंगा ७ ले निशुल्क दियो २७ व्यवासायी महिलाहरुलाई सिलाई मेसिन