दाङमा ट्रकको ठक्करबाट ३ जनाको मृत्यु

सेयर गर्नुहोस्
122Shares

कात्तिक २६ दाङ ।
दाङमा ट्रकले ठक्कर दिँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ।

राप्ती गाउँपालिका–४ मौरिघाटस्थित पूर्वपश्चिम राजमार्गअन्तर्गत भालुवाङ–लमही सडक खण्डमा पश्चिमबाट पूर्व आउँदै गरेको ना६ख ३३४४ नम्बरको ट्रकले पूर्वबाट पश्चिम जाँदै गरेको रा५प ६७४४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

ठक्करबाट मोटरसाइकलमा सवार ३ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक ३ जनाको नाम, ठेगाना भने खुल्न नसकेको प्रहरीले जनाएको छ। शवलाई पोस्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट आइपिएल २०२०को उपाधि मुम्बई इन्डियन्सलाई
अगिल्लो पोस्ट देशभरको मौसम केही दिन सफा रहने