कोरोना सावधानी अपनाउदै सोलुखुम्बुमा कक्षा ११ को परीक्षा सकियो

सेयर गर्नुहोस्
127Shares

रमन वन, सोलुखुम्बु
सोलुखुम्बुको थुलुङ दुधकोसि गाउपालिका ४ जुबु स्थित श्री जनकल्याण माध्यामिक विध्यालयले कक्षा ११ को परिक्षा लिएको छ।
कक्षा ११ को परिक्षा बैशाख (जेठमानै हुनुपर्ने भएपनि कोराना भाइरस कोभिड १९ को जोखिमका कारण स्थगित भएको थियो ।
स्थगित परिक्षा शिक्षा मन्त्रालयले बिध्यालयलाई लिन आग्रह गरेपश्चात यहि कार्तिक १९ गतेबाट सुरु भैइ आज सकिएको विध्यालयका प्रधानाध्यापक कुमार बस्नेतले बताउनुभयो ।
परिक्षामा कोरोना भाइरसबाट बच्न विध्यालयले शिक्षक तथा बिद्यार्थीहरुमा सेनिटाइजर, सर्जिकल माक्स र सामाजिक दुरि कायम अनिवार्य गर्न आग्रह गरेको थियो ।
यसपाली रेगुलर तर्फका २१ जना र आम्सिक तर्फबाट पनि १७ जना विध्यार्थिले परीक्षा दिएका छन।
परीक्षा दिएसङै कक्षा ११को बिद्यार्थीहरु बाह्रमा पढ्न पाउने भएका छन भने बिद्यार्थी पनि परीक्षा दिएसङै ढुक्क भएका छन ।
यसैबिच कक्षा बाह्रको परीक्षा पनि बिध्यालयले नै लिने भएको छ भने परिक्षा आगामी मङ्सिर ९ गतेबाट हुने विध्यालयको सुचनामा उल्लेख छ ।
साथै जिल्लाको विभिन्न क्षेत्रमा कोरोना संक्रमण दर बढेसङै बन्द भएको पठन पाठन पनि मङ्सिर २ गतेबाट सुचारु हुने समेत प्रधानध्यापक बस्नेतले बताउनुभयो।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट कपिलवस्तुबाट लागुऔषध सहित एक जना पक्राउ
अगिल्लो पोस्ट भारतमा पाँच हजार रुपैयाँ नतिरको भन्दै एक मजदूरलाई ज्यूँदै जलाइयो