भाइबरको साझेदारी ई–सेवा, अब च्याटबाटै डिजिटल पेमेन्ट गर्न सकिने

सेयर गर्नुहोस्
48Shares

कार्तिक २३, ई–साझाकुरा

भाइबरले सेवा आरम्भको एक दशक पुगेको अवसरमा विद्यमान मेसेजिङ्ग प्रणालीहरुको मुख्य विशेषतामा नयाँ च्याटबट पेमेन्ट शुरुवात गरेको छ । भाइबरले आफ्नो सेवा अब वित्तीय प्रविधि (फिनटेक) तर्फ पनि विस्तार भएको घोषणा गरेको छ ।

अब भाइबरका प्रयोगकर्ताहरुले यो प्लेटफर्मको उपयोग सामानहरु किन्न तथा सेवा वापतको भुक्तानी गर्न पनि सक्नेछन्, जसको लागि प्रयोगकर्ताले गुगल पेमेन्ट अथवा स्थानीय मोबाइल वालेटको सहायता लिनु पर्नेछ । यस कदमले भाइबरको बढोत्तरीलाई मेसेजिङ्गभन्दा अघि बढाएर एक महत्वपूर्ण कोसेढुंगा नै कायम गरेकोे छ । यस सेवाको शुभारम्भ युक्रेनबाट गरिने छ र २०२१ सम्म अन्य बजारहरुमा पनि विस्तार गर्ने योजना भाइबरको रहेकोे छ ।

यसका लागि कम्पनीले उत्कृष्ट गोपनीयता सुरक्षणका मापदण्डहरुद्वारा रेखाङ्कित गरेर, आफ्ना सम्पूर्ण प्रयोगकर्ताहरुको आवश्यकताहरुलाई पूर्ति गरिदिने एण्ड–टु–एण्ड प्लेटफर्मको विकास गरेको छ । २०१७ को आरम्भमै ६४ प्रतिशत युवापुस्ताहरुले मेसेजिङ्ग एपहरुमा पि–टु–पि ट्रान्सफरमा आफ्नो रुची व्यक्त गरेका थिए । महामारीका कारणले यो संख्यामा अझ तीव्र वृद्धि भएको छ ।

भाइबरले यो आवश्यकतालाई महसुस गरेर आफ्नो सेवालाई उपयोगीतातर्फ विस्तार गरी प्रयोगकर्ताको गोपनीयता संरक्षणमा जोड दिँदै फिनटेक डिजिटल पेमेन्टेतर्फ अघि बढेको जनाएकाे छ । यसैबीच नेपालमा भाइबरले देशकै सबैभन्दा ठूलो ई–वालेट ट्रान्सफर प्लेटफर्म ईसेवासँग साझेदारी गरी ईसेवाको आफ्नो कम्युनिटी र फेस्टिभ स्टिकरप्याक ल्याएको छ र ईसेवासँगै एक विशेष साझेदारी पनि भाइबरले चाँडै नै गर्ने जनाएको छ ।

यस साझेदारीपछि प्रयोगकर्ताहरूले मोबाइल टपअप गर्न र पियर–टु–पियर पैसा ट्रान्सफर गर्न सक्नेछन् । भाइबरको च्याटबट पेमेन्ट फिचरले प्रयोगकर्ताहरुलाई उनीहरुको आधिकारिक च्याटबटमार्फत सामानहरु तथा व्यापारीहरुको सेवा सुरक्षित एवं सिधै खरिद गर्न सक्षम गराउनेछ ।

यदि प्रयोगकर्ताको बैंकले समर्थन गरेमा प्रयोगकर्तालाई उनीहरुको स्थानीय स्मार्टफोन वालेटमा क्रेडिट वा डेबिट कार्ड जोडी भुक्तानीका विकल्पहरु भाइबरको स्थानीय च्याटबट एप्लिकेसन प्रोग्रामिङ इन्टरफेस (एपिआई) मा बनेको कुनैपनि च्याटबटको लागि उपलब्ध हुनेछ ।

यस्तै व्यापारीको तर्फबाट भुक्तानी स्वीकार्न चाहनेले यस किसिमको भुक्तानीहरुलाई समर्थन गर्ने पेमेन्ट सर्भिस सेवा प्रदायकसँग भाइबरमा एउटा च्याटबट सिर्जना गरेर जोडिनु पर्छ, र यसमा भुक्तानी सक्षम हुनेछ । भाइबरको च्याटबट प्लेटफर्ममा निम्न विषेश्ता रहेको छ ।

१. समय बचत : च्याटबट पेमेन्ट्स फिचरले भाइबरमा सिधै केहि ट्याप गरेसँगै खरिद कार्यलाई सक्षम बनाउनेछ ।

२. सबै सम्मेलित : प्रयोगकर्ताहरुले उनीहरुले पहिले नै प्रबन्ध गरेको च्याटबट मार्फत सेवाहरु (युटिलिटी बिलहरु, डेलिभरीहरु, यातायात आदि) का लागि भुक्तानी गर्न सक्नेछन् ।

३. सुरक्षित : सबै गोप्य भुक्तानीको जानकारी इन्क्रिप्टेड गरिन्छ र च्याटबटहरु, भाइबर वा अन्य तेस्रो पक्ष समक्ष प्रदर्शित गरिँदैन ।

४. व्यापारका लागि राम्रो : च्याटबट पेमेन्ट्स फिचर साना, मझौला वा ठूला सबै खाले व्यवसायहरुका लागि एक सजिलो माध्यम हो, यसको लागि भाइबरमा एउटा च्यानल हुनुपर्छ । जसको सहायताले उनीहरुको ग्राहकहरु सँग जोडिन र भुक्तानीहरु संकलन गर्न सक्नेछन् ।

५. पहुँचयोग्य : मोबाइल वालेटहरु उपलब्ध भएको कुनै पनि देशमा बजार विस्तार गर्न सहज हुन्छ ।

भाइबरले अर्को महिनाभित्रमा यसलाई उपलब्ध गराउने लक्ष्यका साथ विश्वसनीय बट विकासकर्ताहरु र भुक्तानी सेवा प्रदायकहरुसँग सहकार्य गरिरहेको छ । युक्रेनपछि भाइबरले अन्य बजारहरुमा अर्को वर्षको प्रारम्भमै च्याटबट पेमेन्ट्स फिचरलाई प्रस्तुत गर्ने योजना बनाएको छ ।

राकुटेन भाइबरका सिइओ जमेंल अगाउवाले भने, ‘भाइबरलाई मेसेजिङ्गभन्दा अगाडि लैजान र विश्व मञ्चमा एक सम्पूर्ण गुणयुक्त एण्ड–टु–एण्ड प्लेटफर्म जसले मानिसहरुलाई विज्ञापनमा मात्र लक्षित नभइ आफ्नो वास्तविक प्रयोगकर्तालाई मान्यता दिने एप स्थापित गर्न सफल भएकोमा हामी उत्साहित भएका छौं ।’

उनले अगाडि भने, ‘गोपनीयता र सुरक्षा धेरै महत्वपूर्ण छन् । ती सन्देशमार्फत सूचना आदानप्रदानमा मात्र नभई डिजिटल सञ्चारका अन्य पक्षहरु र भुक्तानीहरुमा समेत लागू हुन्छन् ।’

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट कल्याणकोट कृषि सहकारी संस्थाको अध्यक्षमा पुनः चौधरी चयन
अगिल्लो पोस्ट करेन्ट लागेर पाल्पामा एक बालकको मृत्यु