कार्तिक २३,ई–साझाकुरा
कलाकार निर्मल शर्मा “गैंडा” कोरोना संक्रमित भएका छन् । शर्माले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू कोरोना संक्रमित भएको जानकारी गराएका हुन् ।
शर्मा फेसबुकमा लेख्छन् “एकदिन सामान्य ज्वरो आएको बाहेक अन्य कुनै लक्षण देखा नपरेपनी आज गरेको पीसीआर टेष्टमा मेरो रिपोर्ट पोजेटिभ आएको जानकारी गराउँदछु ।”उनले आफू १४ दिनसम्म पूर्ण रुपमा होम आइसोलेसनमा बस्ने बताएका छन् । हिजो शनिबार उनमा कोरानो संक्रमण पृष्टि भएको हो ।
शर्माले आफ्नो सम्पर्कमा रहेकालाई लक्षण देखिएको खण्डमा कोरोना परिक्षण गरेर सुरक्षित रहन अनुरोध गरेका छन् ।
साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, Twitter र YouTube मा पनि जोडिन सक्नुहुन्छ ।