पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र हिसिला यमीको कोरोना रिपोर्ट पुन: पोजेटिभ

सेयर गर्नुहोस्
82Shares

कार्तिक २३,ई–साझाकुरा

होम आइसोलेसनमा रहेका पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र उहाँकी पत्नी हिसिला यमीको दोस्रो पटकको कोरोना रिपोर्ट पनि पोजिटिभ आएको छ ।

होम आइसोलेसनमा १४ दिन बसेपछि दोस्रो पटकको पीसीआर परीक्षण गर्दा पुन: पोजिटिभ आएको हो । पीसीआर परीक्षणका लागि कात्तिक ७ गते स्वाब दिएका दुबै जनाको रिपोर्ट पोजिटिभ आएको बाबुरामले ट्वीटरमार्फत् जानकारी गराउनुभएकाे थियाे ।

दोस्रो पटकको पीसीआर रिपोर्ट पोजेटिभ आएपछि बाबुरामले कोरोनाविरुद्धको लडाईं लामो भएको बताउनुभएकाे छ । उहाँले बुढाबुढी सँगसँगै कोरोनाविरुद्धको मोर्चामा भएको जानकारी गराउनुभएकाे छ । उहाँले फेसबुकमा लेख्नुभएकाे छ –  ‘बुढाबुढी सँगसँगै कोरोनाविरूद्ध मोर्चा कस्दै! लडाइॅ केही लामै होला जस्तो पो छ त!

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट आईपीएल : आज फाइनल पुग्‍न दिल्ली–हैदराबाद भिड्दै
अगिल्लो पोस्ट कलाकार “गैंडा”मा कोरोना संक्रमण पुष्टि