सल्यानको तिबाङघारीको भीरबाट जीप खस्दा तीनको मृत्यु

सेयर गर्नुहोस्
2Shares

सल्यानको छत्रेश्वरी गाउँपालिकाको वडा नम्बर ४ को तिबाङघारीको भीरबाट जीप खस्दा तीनको मृत्यु भएको छ ।शनिबार दाङको तुलसीपुरबाट रोल्पाको सुकाओडार जाँदै गरेको लु१ज २९११ नम्बरको जीप सल्यानको तिबाङघारीको भीरबाट खस्दा घटनास्थलमै तीनको मृत्यु भएको हो ।

सात जना सवार उक्त जीपमा अन्य ४ जना भने सकुशल नै रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छज्यान गुमाउनेमा रोल्पा गङगादेब गाउपालिका ७ बस्ने भीम बहादुर वली र सोही ठाउँका १७ वर्षीय भीम राज बुढा र गङगादेब गाउँपालिका ५ का गन्जमान बुढा रहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।