सचिवालय बैठक राख्‍न नेकपा नेताहरुको लिखित पत्र

फाईल फोटा
फाईल फोटा
सेयर गर्नुहोस्
274Shares

कात्तिक २२ काठमाडौं ।
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकप) को सचिवालय बैठक राख्नका लागि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित ५ नेताले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लिखित रूपमा माग गरेका छन्।

कार्यकारी अध्यक्ष दाहालसहित वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी बालुवाटारमा पुगेर सचिवालयको बैठक दुई दिनभित्र राख्नका लागि लिखित रुपमै माग गरेका हुन्।

पार्टीभित्रको विवाद समाधान गर्नका लागि प्रधानमन्त्री ओलीलाई पार्टीको बैठक राख्नका लागि लिखित रुपमै माग गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

कार्यकारी अध्यक्ष दाहालसहित सचिवालयका बहुमत सदस्यले अर्का अध्यक्ष तथा प्रधानमन्त्रीलाई बैठकको माग गर्दा समेत प्रधानमन्त्री ओलीले बैठकको बारेमा कुनै प्रतिक्रिया नदिएको उनले बताए।

ुहामीले कोरोना महामारी, त्यसको पैदा गरेको संकट सम्बोधन गर्न, पार्टीभित्रको स्थायी कमिटीको निर्णय कार्यान्वयन गर्न र समिक्षा गर्न र पार्टीको उत्पन्न संकटलाई समाधान गर्नका लागि प्रधानमन्त्री ओली सामु बैठकको माग गर्नका हौँु उनले भने, ुतर, उहाँले बैठकबारे कुनै प्रतिक्रिया दिनुभएको छैन।ु

ुकार्यकारी अध्यक्षले पटक पटक बैठक राख्न माग गर्दा समेत उहाँले सहमति नदिएपछि लिखित रुपमै प्रस्ताव गरेका हौँु उनले भने, ुहामीले भोलि या पर्सी बैठक बसेर सबै संकट हटाउनुपर्ने माग गरेको छौँ।ु

अध्यक्ष दाहालको नेतृत्वमा बालुवाटारमा पत्र बुझाउन पुग्दा प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच चर्काचर्की परेको परेको बालुवाटार स्रोतले बतायो। प्रधानमन्त्री ओलीले अध्यक्ष दाहाललाई तपाई आफैँविरुद्ध गुटबन्दी गर्नेरु अनि म किन बैठक राख्ने भन्दै चर्किएका थिए।

प्रधानमन्त्री ओलीले अध्यक्ष दाहालमाथि आरोप लगाएपछि अध्यक्ष दाहालले पनि प्रदेश एकमा भर्चुअल बैठकबाट गुटबन्दी गरेको भन्दै असन्तुष्टि जनाएका थिए।

प्रधानमन्त्री ओलीले पार्टीको बैठक राख्न सहमति नजनाएपछि अध्यक्ष दाहालको नेतृत्वले पार्टी बैठकको माग गरेको हो। प्रधानमन्त्री ओलीसँग सामूहिक भेट गर्नुपूर्व अध्यक्ष दाहालले शुक्रबार र शनिबार बिहान अनौपचारिक सचिवालय बैठक राखेका थिए। तर, बैठकमा सबै सदस्यलाई जानकारी गराइएको भएपनि ओली खेमाका नेताहरु सहभागी भएनन्।

बिहीबारको भेटवार्ताको क्रममा प्रधानमन्त्री ओलीले पार्टीको औपचारिक सहमति बिना राखेमा पार्टी विभाजनको बिन्दु नै त्यही हुने प्रधानमन्त्री ओलीले चेतावनी दिएको अध्यक्ष दाहालले शुक्रबारको बैठकमा जानकारी गराएका थिए।

प्रधानमन्त्री ओलीले पार्टी फुटाउने चेतावनी दिएपछि पार्टी एकताको रक्षाको लागि अधिकार भए पनि अध्यक्ष दाहालले बैठक नराखेको शुक्रबारको बैठकपछि प्रवक्ता श्रेष्ठले सञ्चारकर्मीहरुमा जानकारी गराएका थिए।

अध्यक्ष दाहालले पार्टी एकता रक्षा गर्नका लागि सचिवालय बैठक राख्न पटक पटक आग्रह गर्दा समेत प्रधानमन्त्री ओलीले वेवास्ता गर्दै आइरहेका छन्। प्रधानमन्त्री ओली बैठकको बिषयमा टसमस नभएपछि पार्टीभित्रको विवाद थप उत्कर्ष तर्फ धकेलिरहेका छ।

अध्यक्ष दाहालले बोलाएको बैठकमा प्रधानमन्त्री ओली खेमाका उपप्रधानमन्त्री ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल र गृहमन्त्री रामबहादुर थापा बादल भने बैठकमा सहभागी भएनन्।

​नेकपाभित्र पछिल्लो समय संघीय सरकारको मन्त्रिपरिषद् पुनर्गठन, राजदूत नियुक्त, कर्णाली प्रदेश सरकारको किचलो, प्रधानमन्त्री ओली र भारतीय खुफिया एजेन्सी रअ प्रमुख सामन्त कुमार गोयलबीचको भेट र पर्सामा मुकेश चौरिसयाको हत्यालगायत घटनाले विवाद उत्कर्षमा पुगेको छ।

प्रधानमन्त्री ओली र अध्यक्ष दाहालको आन्तरिक विमतिको कारणले पार्टी विभाजनको संघारमा पुगिसकेको अवस्थामा दोस्रो र तेस्रो तहका नेताहरूले पार्टी एकताको पक्षमा उभिन एकमत भइसकेका छन्।

त्यसो त प्रधानमन्त्री ओलीले गत शनिबारको भेटवार्ताको क्रममा अब अलग(अलग भएर जाऔँ भन्ने प्रस्ताव गरेको सार्वजनिक भएपछि पार्टीभित्रको विवाद चर्किरहेको छ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट भालुको आक्रमणबाट बालक घाइते
अगिल्लो पोस्ट नगद र गरगहना चोरी गर्ने दुईजना पक्राउ