कोरोना संक्रमणबाट तुलसीपुरमा सुत्केरीको मृत्यु

कार्तिक २२ दाङ ।
कोरोना संक्रमणबाट तुलसीपुरमा एक सुत्केरीको मृत्यु भएको छ । दाङको तुल्सीपुर उपमहानगरपालिका– १० निबासी २० वर्षीया सुत्केरीको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा आज (शुक्रबार) दिउँसो मृत्यु भएको हो ।
मृतकलाई प्रसुति सेवाका लागि कार्तिक १६ गते अस्पतालमा भर्ना गरिएको थियो । १८ गते डेलिभरि भएपनि उनको स्वास्थ्यमा समस्या आएपछि कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो ।
कोरोना पोजेटिभ देखिए लगत्तै आइसोलेशन वार्डमा राखेर उपचार गर्दासमेत उनको मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया