आत्मसमर्पण कि सम्बन्ध बिच्छेद !

सेयर गर्नुहोस्
361Shares

विष्णुहरी शर्मा / विचार
मानिस बिमार पर्यो भने त्यस्लाइ बचाउनको लागि रोगको प्रकृति हेरेर औषधि गर्ने गरिन्छ। जस्तो कि होमोप्योथिक,आयुर्वेदिक ,यलोपेथिक, केप्सुल वा झोल औषधि अथवा इन्जेक्सन पनि दिन सकिन्छ ।
रोग अझ गम्भीर रहेछ भने अप्रेशन द्वारा बिरामीलाइ निको पारिन्छ। नेपालमा सम्भव भएन भने अन्यत्र लगेर पनि उपचार गर्न सकिन्छ तर त्यस्को लागि मुख्य कुरा यो हो कि बिमार ब्यक्तिले औषधि सेवन गर्नुपर्दछ ।

अस्पताल जान मन्जुर गर्नुपर्दछ र आवस्यक परेको खण्डमा अप्रेशनको लागि तैयार हुनुपर्दछ । तर जब बिरामिले औषधि पनि खान मान्दैन र अप्रेशन गर्न पनि मान्दैन भने बिरामीको उपचार असम्भव छ र उस्को मृत्युलाई कसैले रोक्न सक्दैन। ठिक त्यसरि नै राजनीति तर्फ आइपुग्दा पार्टीभित्र देखा परेका वा देखा पर्ने गम्भीर प्रकृतिका समेत समस्याहरु भएपनी तिनलाइ समाधान गर्न सकिन्छ र समस्याबाट पार पाउन सकिन्छ। तर त्यस्को लागी पनि एकमात्र सर्त यो हो की पार्टी कमिटी विधि र प्रणाली द्वारा परीचालित हुनुपर्दछ।

जब कुनै पार्टीमा कमिटी प्रणालीले काम गर्दैन भने सम्झौं कि त्यो पार्टीको विघटन अनिवार्य बन्न पुग्दछ। पार्टी कमिटी भनेको मानव जीवनको अक्सिजन जस्तै हो , अक्सिजन नलिँदा मानिसको जीवन रहँदैन भने कमिटी प्रणाली क्रियाशील नहुँदा पार्टी समाप्त भएर जाने कुरा धुर्वसत्य हो ।

कमिटिका प्रत्येक ब्यक्तिले कमिटिको निर्णयलाई मान्नुपर्दछ । अहिले सम्मको संसारभरिको पार्टी संचालनको पद्धति र प्रक्रिया यँही नै हो । कुनै पार्टीको नेता सबैको विश्वास जितेको सर्वाधिकार रहेछ भने पनि उसले आफ्नो विचारलाई कमिटीबाट अनुमोदन गराउनुपर्दछ । जब कुनै पार्टीमा कमिटी प्रणालीले काम गर्दैन भने सम्झौं कि त्यो पार्टीको विघटन अनिवार्य बन्न पुग्दछ। पार्टी कमिटी भनेको मानव जीवनको अक्सिजन जस्तै हो , अक्सिजन नलिँदा मानिसको जीवन रहँदैन भने कमिटी प्रणाली क्रियाशील नहुँदा पार्टी समाप्त भएर जाने कुरा धुर्वसत्य हो ।


अहिले देखिएको अन्तरविरोध पनि कमिटिको निर्णय मान्ने वा नमान्ने , विधि मूल्यमान्यताको विकास गर्ने वा समाप्त गर्ने , व्यक्तिलाई कमिटीको अधिनस्त राख्ने वा सर्वाधिकार मान्ने भन्ने प्रश्न हो । म कमिटीका निर्णय मान्न तयार छैन, कमिटीमा बसिरहन आवश्यक छैन , कुनै विधिभित्र बाँधिएर म बस्न सक्दैन भनिरहेको सन्दर्भमा अर्को पक्षका साथीहरुसँग दुई बिकल्प मात्र बाँकी रहन्छन स पहिलो : वहाँलाई सर्वाधिकार सम्पन्न मानेर अगाडि जाने र दोस्रो : वहाँसगँ सम्बन्ध बिच्छेद गरेर अगाडि जाने ।
यो बाहेक अर्को बाटो बाँकी रहेको छैन , किनकि त्यहाँ धेरै औषधिहरु प्रयोग भइसकेका छन् । आजसम्म कुनैपनि औषधीले काम गरेको छैन ।
लेखक : जनता समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य हुनुहुन्छ ।

 

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट रौतहटमा फेरि निषेधाज्ञा
अगिल्लो पोस्ट पाठक र रुबसका एक एक गजल