देशभर न्यूनतम तापक्रम घट्दै : जाडो सुरु

सेयर गर्नुहोस्
1Shares

देशभर न्यूनतम तापक्रम घट्दै गएको छ । तापक्रम घटेसँगै चिसो बढ्दै गएको आज बिहान काठमाण्डौको न्यूनतम तापक्रम जाडो सुरु भएपछिकै कम १० डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिजो बिहान ६ बजे काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम १० दशमलव ४ डिग्री सेल्सियस मापन गरिएकोमा पछि फेरि घटेर न्यूनतम तापक्रम १० दशमलव २ डिग्री सेल्सियसमा झरेको थियो ।

काठमाण्डौसहित देशभर नै चिसो बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । न्यूनतम तापक्रम घट्दै गएकाले विशेषगरी उच्च पहाडी तथा हिमाली क्षेत्रको जनजीवन प्रभावित बन्न थालेको छ । जुम्लामा न्यूनतम तापक्रम माइनस १ डिग्री सेल्सियसमा झरेको छ ।अरु ठाउँको न्यूनतम तापक्रम पनि बिस्तारै घट्दै गएको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । हिजो जिरीको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस, जोमसोमको ३ डिग्री सेल्सियस, ताप्लेजुङको ११,  दिपायलको ९ दशमलव ८ डिग्री सेल्सियस र डडेल्धुराको तापक्रम ९ दशमलव ५ डिग्री सेल्सियसमा झरेको थियो ।

तापक्रम अझै घट्दै जाने मौसमविद् मानन्धरले बताउनुभयो । आज पनि देशभर खुलेर घाम लाग्ने सम्भावना छैन । पूर्वी तराईका जिल्लामा आज दिउँसो पनि हुस्सु लाग्ने सम्भावना छ । अरु ठाउँको मौसम भने आंशिकदेखि सामान्य बद्ली हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट बाणगंगाको स्थानिय पाठ्यक्रम प्रधानाध्यापकहरुलाई प्रबोधिकरण गरियो
अगिल्लो पोस्ट रौतहटमा फेरि निषेधाज्ञा