आराम छु , हिजोभन्दा धेरै राम्रो छ : गजुरेल

सेयर गर्नुहोस्
142Shares

कार्तिक २२, ई–साझाकुरा

कोरोना भाइरस सङ्क्रमित भएपछि अस्पताल भर्ना भएका कलाकार मनोज गजुरेलको स्वास्थ्य अवस्थामा सुधार आएको छ ।

शुक्रबार राति अस्पतालबाटै फेसबुकमा स्टाटस लेखेर उहाँले आफूलाई निकै सुधार भएको बताउनुभएको हो ।

‘आराम छु, आरामको कामना गर्दछु । हिजोभन्दा आज धेरै राम्रो भइरहेको छ। स्वास्थ्य लाभको कामना गर्नु हुने सबैमा धन्यवाद’ गजुरेलले फेसबुकमा लेख्नुभएको छ ।

कोरोना सङ्क्रमणपछि होम आइसोलेशनमा बसेका गजुरेलको स्वास्थ्यमा कठिनाइ आएपछि बुधबार सशस्त्र प्रहरी अस्पताल बलम्बुमा भर्ना गरिएको थियो । उहाँलाई अक्सिजनको कमी भएको र फोक्सोमा सङ्क्रमण देखिएको डाक्टरहरुले बताएका छन् ।

कलाकार गजुरेलले गएको १० गते आफू कोरोना सङ्क्रमित भएको फेसबुकमार्फत सार्वजनिक गर्नुभएको थियो। उहाँले घरमै आइसोलेशनमा बसेर घरेलु उपचार गरिरहेको पनि जानकारी गराउनुभएको थियो ।

चार दिनअघि पनि उहाँले फेसबुक स्टाटस लेखेर अझै पूर्ण सुधार नभइसकेको र शरीरले फरक-फरक क्रिया – प्रतिक्रिया देखाइरहेको उल्लेख गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट बैंगलोरलाई हराउँदै हैदरावाद क्‍वालिफायरमा
अगिल्लो पोस्ट बाणगंगाको स्थानिय पाठ्यक्रम प्रधानाध्यापकहरुलाई प्रबोधिकरण गरियो