बैंगलोरलाई हराउँदै हैदरावाद क्‍वालिफायरमा

सेयर गर्नुहोस्
29Shares

कार्तिक २२, ई–साझाकुरा

इन्डियन प्रिमियर लिग (आईपीएल) टी—ट्वान्टी क्रिकेटको एलिमिनेटरमा सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बैंगलोरलाई पराजित गरेको छ । शुक्रबार भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ६ विकेटले हराउँदै हैदरावाद क्‍वालिफायर्समा प्रवेश गरको हो ।

भारतीय राष्ट्रिय क्रिकेट टिमका कप्तान रहेका बिराट कोहलीले कप्तानी सम्हालेको बैंगलोर भने नकआउट भएको छ । अब फाइनल प्रवेशका लागि सनराइजर्सले क्वालिफायर–२ मा आइतबार दिल्ली क्यापिटल्ससँग प्रतिस्पर्धा गर्ने छ । टस जितेर बलिङ रोजेको हैदराबादले बैंगलोरबाट १ सय ३२ रनको लक्ष्य पाएको थियो । बैंगलोरबाट पाएको लक्ष्य हैदराबादले १९ ओभर ४ बलमा ४ विकेट गुमाएर पुरा गर्‍यो ।

हैदराबादका लागि केन विलियम्सले अविजित रहँदै ५० रनको अर्धशतकीय पारी खेले । यस्तै, जासन होल्डरले अविजित २४ रन बनाए । मनिस पाण्डेले २४ रन जोड्दा हैदराबादका कप्तान डेभिड वार्नरले १७ रनको योगदान दिए ।

हैदराबादविरुद्ध बैंगलोरका मोहम्मद सिराजले २ विकेट लिए भने एडम जाम्पा र युजभेन्द्र चाहलले समान १–१ विकेट लिए  । टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरका ७ विकेट गुमाउँदै १ सय ३१ रनको योगफल बनाएको थियो ।

बैंगलोरका एबी डी भिलियर्सले ५६ रनको अर्धशतकीय पारी खेले । आरोन फिन्चले ३२ रन जोड्दा शिबम दुवेले ८ रनको योगदान दिए । कप्तान विराट कोहली भने ६ रनमा आउट भए ।

मोहम्मद सिराज १० रनमा अविजित रहँदा नाभदिप शैनी ९ रनमा अविजित रहे । बैंगलोरविरुद्ध हैदराबादका जासन होल्डरले ३ विकेट लिए भने टी नटराजनले २ तथा शाहबाज नादिमले १ विकेट लिए ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट २५ जना भन्दा बढी भैलाे नखेल्नु : प्र.जि.अ पौडेल
अगिल्लो पोस्ट आराम छु , हिजोभन्दा धेरै राम्रो छ : गजुरेल