राप्ती नदीले बगाउँदा एकको मृत्यु

सेयर गर्नुहोस्
12Shares

कात्तिक २१ चितवन ।
चितवनमा राप्ती नदीले बगाउँदा एक महिलाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएकी छन् । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर २४ की श्रीमाया घलान रहकी छन् भने उनीसँगै रहेकी सोही ठाउँकी मन कुमारी बेपत्ता भएकी हुन् ।
जिल्ला प्रहरी, कार्यालयका चितवनका अनुसार शुक्रबार मध्यान्ह १२ बजे दुई महिला भरतपुर महानगरपालिका वडा नम्बर २३ स्थित सामुदायिक वनको दोभानबाट दाउरा खोज्ने क्रममा राप्ती नदीले बगाएको थियो । वेपत्ता भएको खबर पाउनसाथ इलाका प्रहरी कार्यालय र दिव्यनगरबाट खटिएको टोलीले एक घण्टापछि घटनास्थलभन्दा एक किमी तल घलानको शव भेटिएको हो ।
बेपत्ता भएकी तामाङको खोजी कार्य भइरहेको कार्यालयका प्रवक्ता सूर्य बहादुर थापाले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट प्रधानमन्त्री ओली र भारतीय सेना प्रमुख बीच शिष्टाचार भेट
अगिल्लो पोस्ट शुक्रबार कपिलवस्तुमा थपिए १६ संक्रमित , एउटै नगरपालिकामा ११ जना संक्रमित