१२ किलो अफिमसहित दुई जना पक्राउ

सेयर गर्नुहोस्
2Shares

कात्तिक २१, रुकुम पश्चिम
रुकुम पश्चिममा १२ किलो अफिमसहित दुई जना पक्राउ परेका छन् ।
आठबीसकोट नगरपालिका ९ को राडीमा रहेको धिरेन्द्र शाहको घरमा बसिरहेका जाजरकोटको नलगाड नगरपालिका ८ का मालबहादुर सिंह र कालीबहादुर सिंहलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी तथा प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरिबहादुर ओलीका अनुसार कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट खटिएको विशेष टोली, लागुऔषध ब्युरो सुर्खेतको टोली र रुकुम पश्चिमबाट खटिएको संयुक्त प्रहरी टोलीले खानतलासी गर्ने क्रममा १२ किलो अफिमसहित उनीहरु दुवै जनालाई नियन्त्रणमा लिएको हो । उनीहरूलाई लागुऔषध ओसारपसार ऐनअनुसार मुद्दा चलाइने प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट कपिलवस्तुको शुद्धोधन गाउपालिकामा आँखा शिविर
अगिल्लो पोस्ट ४० लाख रकम सहित एक जना पक्राउ