कारागार पुस्तकालय अभियान कपिलवस्तुबाट सुरु गरिदै , कैदिबन्दीहरुको सिकाईको स्तर बृद्धि गर्ने अभियान्ताहरुको लक्ष्य

सेयर गर्नुहोस्
110Shares

कात्तिक २१, कपिलवस्तु

कारागारमा दैनिकी बिताईरहेका कैदिबन्दीहरुको सिकाईको स्तर बृद्धि सहित कारागार जीवन पछि कारात्मक विजारोपण गर्न कपिलवस्तुमा कारागार पुस्तकालय अभियान सुरु गरिएको छ ।

कारागारमा पनि सिकाईका अवसर पाए कारागारबाट निस्किएपछि आफु र समाजमा सकारात्मक विजारोपण गर्न सकिने भन्दै कारागारमा सिक्ने अवसर सिर्जना गर्न कपिलवस्तुका सामाजिक युवा अभियानताहरुले सो अभियान सुरु गर्न लागेका हुन । अभियान्ताहरु दिवस राज पौडेल,गौरव पौडेल,हरि खनाल, आरती अर्याल,सुनिता बेलबासे र असिम भट्टराईले जिल्ला कारागार कपिलवस्तुमा कारागार पुस्तकालय स्थापना गर्ने उद्धेश्य सहित सो अभियान सन्चालन गरिरहेका छन । उनीहरुले सो अभियान संचालनका लागि उनीहरुले केन्द्रीय कारागार डिल्लीबजारबाट अनुमति लिएर कपिलवस्तुमा सो अभियान संचालन गरिएको बताएका छन् । कपिलवस्तु कारागारबाट सुरु हुने सो अभियान क्रमशः देशभरका कारागारमा विस्तार गरिने पनि अभियान्ताहरुले जानकारी दिएका छन् ।

उनीहरुले अभियानको पहिलो चरणमा जीवनउपयोगी पुस्तकहरु संकलन गरिरहेको बताए । अहिले विभिन्न संघ संस्थाहरु सँग र व्यक्तिगत रुपमा पठनगयोग्य पुस्तकहरु संकलनको काम भईरहेको अभियान्ता दिवसराज पौडेलले बताउनुभयो ।

हाल यो अभियानमा One Earth One Love,Help for Happiness, नेपाल युवा परिषद कपिलवस्तु, 100’s Group Group, उज्यालो लाल्टिन प्रतिष्ठान देवदह र रोट्ट्रयाक क्लब अफ दमक ले सहयोगी भुमिका निर्वाह गरेको अर्का अभियान्ता असिम भट्टराईले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट कपिलवस्तु नगरपालिकामा सडक निर्माणका क्रममा लापरबाही
अगिल्लो पोस्ट कोरोना संक्रमण भएका मनोज गजुरेलको स्वास्थ्य अवस्था गम्भीर