कुवेतमा बस दुर्घटनामा परी दुई नेपालीको मृत्यु

कार्तिक २१, ई–साझाकुरा

कुवेतमा एउटा बस दुर्घटनामा परी  दुईजना नेपालीको मृत्यु भएको छ । उनीहरू एउटै कम्पनीमा कार्यरत रहेकाे बताइएकाे छ ।

उनीहरू कार्यरत कम्पनीकाे बसलाई विपरीत दिशाबाट आइरहेको मालवाहक गाडीले ठक्कर दिँदा दुर्घटना भएको थियाे । साे क्रममा घाइते भएका ती दुवै जनाकाे उपचारकाे क्रममा मृत्यु भएकाे हाे ।

कुवेतस्थित नेपाली राजदूतावासले दिएकाे जानकारी अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा जाजरकोटका दीपक सिंह ठकुरी र अर्का एक जना ठेगाना नखुलेका पल बहादुर पुन रहेका छन् । घाइते भएर उपचारका क्रममा ठकुरीको नोभेम्बर ४ तारिखमा र पुनको नोभेम्बर ५ तारिखमा दिन मृत्यु भएको हाे ।

उनीहरू दुवैजना कुवेतको सीजीजीसी कम्पनीमा कार्यरत थिए । त्यसदिन काम सकेर कोठा फर्किने क्रममा दुर्घटना भएकाे थियाे ।  मृतक ठकुरी ३ वर्षदेखि कुवेतमा कार्यरत थिए । उनको घरमा छोराछोरी र श्रीमती रहेका छन् । मृतक पुनकाे भनेकाे नेपालकाे ठेगाना र पारिवारिक स्राेत खुल्न नसकेकाे जनाइएकाे छ ।

दूतावासले कम्पनीसँग समन्वय गरेर मृत दुवै जनाको शवलाई नेपाल पठाउने जनाएको छ ।

प्रतिक्रिया