कपिलवस्तुको बाणगंगाले बनायो स्थानिय पाठ्यक्रम

कात्तिक २०, कपिलवस्तु

कपिलवस्तुको बाणगंगा नगरपालिकाले नगरपालिका आधारभूत तहका विद्यालयका लागि स्थनिय पाठ्यक्रम तयार पारेको छ । कक्षा ६ र ७ मा यसै शैक्षिक सत्रबाट लागु हुने गरी तयार गरिएको स्थानिय पाठ्यक्रमको नाम ‘कपिलवस्तु र बौद्ध शिक्षा’ राखिएको छ । १ सय पूर्णाङ्कको स्थानिय पाठ्यक्रम निर्माण गरि सोही स्थानिय तहका विद्यालयका विद्यार्थीहरुलाई पठनपाठन गर्न पाउने संवैधानीक व्यवस्था अनुसार वाणगंगा नगरपालिकाको शिक्षा युवा तथा खेलकुद विकास शाखाले सो पाठ्क्रम तयार गरेको हो ।


तयार गरिएको पाठ्क्रम र पाठ्यपुस्तक विहीबार एक कार्यक्रमका बिच सार्वजनिक पनि गरिएको छ । पाठ्यक्रम तथा पाठ्यपुस्तक प्रबोधिकरण कार्यक्रममा प्रतिनिधि सभा सदस्य अतहर कमाल मुसलमानको प्रमुख आतिथ्य रहेको थियो भने राष्ट्रिय सभा सदस्य विमला घिमिरे र पूर्व मन्त्री तथा राजदूत दीप कुमार उपाध्यायको विशिष्ट आतिथ्यता रहेको थियो ।
अहिले वाणगंगा नगरपालिका सँगै देशैभरका स्थानिय तहहरुले आफु अनुकुलको स्थानिय पाठ्यक्रम निर्माण गरीरहेका छन भने कतिपय स्थानिय तहहरुले त्यसको कार्यान्वयनमा पनि पुगिसकेका छन् ।
कपिलवस्तुमा भने दश स्थानिय तहमा बाणगंगामा पहिलोपटक सो पाठ्यक्रम लागु गर्ने गरी प्रक्रया अगाडी बढाइएको नगरपालिकाले जनाएको छ । नगरपालिका मात्र नभई जिल्ला भित्रको ऐतिहासिकता, सामाजिक, धार्मिक, पुरातात्विक, पर्यटकीय र सांस्कृतिक महत्वका विषयवस्तुहरुलाई वालवालिकाले ज्ञान हासिल गरुन भन्ने उद्धेश्य राखिएको छ । आफ्नो क्षेत्र र जिल्ला भित्रको समग्र पक्षको जानकारीका लागि अबका हरेक विद्यार्थीहरु निपूर्ण बन्नुपर्नेमा पाठ्यक्रमले जोड दिएको छ ।

प्रतिक्रिया