कोरोना संक्रमित महरा पत्नीको शव सेनाद्वारा व्यवस्थापन

सेयर गर्नुहोस्
196Shares

पूर्वसभामुख तथा प्रतिनिधिसभा सदस्य कृष्णबहादुर महराकी श्रीमती सीता महराको शव नेपाली सेनाले पशुपतिमा व्यवस्थापन गरेको छ । निमोनियाको बिरामी रहेकी सीताको आज बिहान नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । उपचारकै क्रममा कोरोना संक्रमण समेत पुष्टी भएपछि उनको शब सेनाले व्यवस्थापन गरेको हो ।शब व्यवस्थापन गर्ने क्रममा पूर्वसभामुख महरा र परिवारका सदस्यसहित विभिन्न नेता, कार्यकर्ता र सर्वसाधारण सहभागी भएका थिए । काठमाडौंको नर्भिक अस्पतालमा उपचार गर्ने क्रममा आज बिहान ६ बजेर २५ मिनेटमा सीताको निधन भएको थियो । उनलाई १५ दिनदेखि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। उनी माइस्थेनियाबाट विगत १० वर्षदेखि पीडित थिइन्।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।