दानव नदिमा डुबेर १५ महिनाका बालकको मृत्यु

सेयर गर्नुहोस्
0Shares

कार्तिक १९ बुटवल ।
रुपन्देहीमा दानव नदिमा डुबेर एक बालकको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका–१३ बेलबासका रेशम बुढा मगरका १५ महिनाका छोरा संगित बुढा मगरको बुधबार दानव नदीमा डुबेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता खड्क बहादुर खत्रीका अनुसार बालक दानव नदिको पानीमा घोप्टो अचेत अवस्थामा फेला परेका थिए । उनको उपचारको क्रममा लुम्विनी नर्सिङहोम बुटवलमा बुधबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट वीर अस्पतालका चिकित्सकले दिए सामुहिक राजिनामा
अगिल्लो पोस्ट बंगलादेश जाने फटुबल टोलीको बुधबार विदाई