वीर अस्पतालका चिकित्सकले दिए सामुहिक राजिनामा

सेयर गर्नुहोस्
228Shares

कात्तिक १९ काठमाडौं ।
वीर अस्पतालको आकस्मिक कक्षमा कार्यरत १६ जना चिकित्सकले सामुहिक राजीनामा दिएका छन्। अस्पताल प्रशासनले आफ्ना माग पूरा नगरेको र सुरक्षामा कुनै चासो नदिएको भन्दै उनीहरुले सामुहिक राजीनामा दिएका हुन्।

उनीहरुले अस्पतालका निर्देशकलाई बुझाएको राजीनामा पत्रमा महामारीमा काम गर्दा आइपरेका समस्यालाई लिएर राखिएका मागरुहलाई बेवास्ता गरेको जनाएको छ।

ुआवश्यक सुरक्षा सामग्री उपलब्ध गराइएन। ज्यालादारी भनेर अपमानित गर्दै दशैँतिहार भत्तासमेत दिइएनु, उनीहरुले भनेका छन्, ुयसले हाम्रो मनोबल गिरेको जानकारी गराउन चाहान्छौँ।

उनीहरुले आफूहरुलाई काममा लगाउँदा धम्कीसमेत दिइएको बताएका छन्। हामीलाई धम्की दिएर जवरजस्ती हप्ताको ९६ घण्टासम्म ड्युटी गराइयोु, उनीहरुले भनेका छन्, तर, सेवा सुविधा उपलब्ध गराइएन।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट थप ३३०९ जनामा कोरोना संक्रमण पुष्टि, हेर्नुहोस् कहाँ कति थपिए ।
अगिल्लो पोस्ट दानव नदिमा डुबेर १५ महिनाका बालकको मृत्यु