कार्तिक १९, ई–साझाकुरा
मुम्बई प्रहरीले भारतीय टेलिभिजन च्यानल रिपब्लिक टिभीका प्रधान संपादक अर्नब गोस्वामीलाई बुधबार पक्राउ गरेको छ।
अलीबागका ५३ वर्षीय इन्टेरियर डिजाइनरलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा उनी पक्राउ परेको प्रहरीले जनाएको छ।
यसै वर्ष महाराष्ट्र सरकारले घटनाको सिआईडी जाँच गर्न आदेश दिएको थियो। प्रहरीले अर्नबको घरको खानतलासी पनि गरेको छ।
राज्यका गृहमन्त्री अनिल देशमुखले मृतक डिजाइनर अन्वय नाइककी छोरी आज्ञा नाइकले बाँकी पैसा नदिएको बारेमा जाँच नभएको दाबी गर्दै आएको बताए।
उनका अनुसार यसै कारणले डिजाइनर र उनकी आमाले आत्महत्या गर्न बाध्य भएका हुन्।
अन्वय नाइकले आत्महत्या गर्नुअघि लेखेको सुसाइड नोटमा उनले आफूले पाउनुपर्ने ५.४० करोड भारू भुगतान नपाएपछि आत्महत्या गर्न बाध्य भएको उल्लेख गरेका थिए।
रिपब्लिक टिभीले आरोपलाई अस्वीकार गरेको छ।
साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, Twitter र YouTube मा पनि जोडिन सक्नुहुन्छ ।