पूर्वसभामुख महराकी पत्नीको कोरोना संक्रमणबाट निधन

सेयर गर्नुहोस्
2Shares

कार्तिक १९, ई–साझाकुरा

पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीता महराको निधन भएको छ । काठमाडौंको नर्भिक अस्पतालमा उपचारको क्रममा आज बिहान ६ः२५ बजे उनको निधन भएको हो ।

गएको दशैंमा पुख्र्यौली घर रोल्पा मेबाङ गएको बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उनलाई कार्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो । शरीरमा अक्सिजनको मात्रा एक्कासी घटेपछि र निमोनिया पनि देखिएपछि उनलाई १४ गते शुक्रबार हेलिकोप्टरबाट काठमाडौं ल्याई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।

नर्भिक अस्पतालमा पीसीआर टेष्ट गर्दा उनमा कोरोना पोजेटिभसमेत देखिएको थियो । १५ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममै बुधबार आज बिहान ६ः२५ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

सीता महरा माइस्थेनिया नामक रोगबाट विगत १० वर्षदेखि पीडित थिइन् ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट दाङको तुलसीपुरमा स्मार्ट छोरी कार्यक्रम सुरु
अगिल्लो पोस्ट प्रधानमन्त्री ओलीद्वारा महरा पत्नी सीताको निधनप्रति दु:ख व्यक्त