नेपालमा कोरोना : ज्यान गुमाउनेको संख्या एक हजार नाघ्यो

सेयर गर्नुहोस्
0Shares

कार्तिक १८काठमाडौं ।
पछिल्लो २४ घण्टामा नेपालमा तीन हजार ११४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै कुल संक्रमितको संख्या १ लाख ७९ हजार ६१४ पुगेको छ।
त्यसैगरी २४ घण्टामा ३१ सय ४२ जना कोरोना मुक्त भएका छन्। योसँगै कोरोना जित्नेको संख्या १ लाख ४१ हजार १३४ पुगेको छ। पछिल्लो २४ घण्टामा २० जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या हजार नाघेको छ। मन्त्रालयका अनुसार कोरोनाले मृत्यु हुनेको संख्या मंगलबार एक हजार ४ पुगेको हो। अहिले आइसोलेसनमा ३७ हजार ४७६ जना रहेका छन्।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट अर्घाखाँचीमा सव गाढेको साढे चार महिनापछि परम्परा अनुसार अन्त्यष्टि
अगिल्लो पोस्ट कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ