ब्राउनसुगर सहित एक युवा कपिलवस्तुबाट पक्राउ

सेयर गर्नुहोस्
0Shares

कात्तिक १८ कपिलवस्तु ।
कपिलवस्तुमा सशस्त्र प्रहरीले प्रतिबन्धित लागूऔषध (ब्राउनसुगर) सहित एक जनालाई पक्राउ गरेको छ।
सोमबार राती १० बजे नेपालतर्फ लागूऔषध छिराउँदै गर्दा यशोधरा गाउँपालिका(५ सुठौली नाकाबाट पक्राउ गरिएको हो। लागूऔषध सहित कपिलवस्तु नगरपालिका १० बस्ने वर्ष २३ को दीपु सिंह समातिएका हुन्।
सिंहले १४ बटा पुरियामा पोको पारी लुकाएर ल्याउँदै गरेका थिए। बरामद गरेको लागूऔषधको तौल ६१.१८ ग्राम रहेको प्रहरीले जानकारी दिएको छ।
मोबाइल गस्ती टोलीले देखेपछि शङ्काको आधारमा चेकजाँच गर्दा ब्राउनसुगर फेला परेको सशस्त्र प्रहरी बल २८ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक ध्रुवबहादुर कार्कीले बताए।
पक्राउ परेका सिंहलाई अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा बुझाइएको छ। लकडाउन खुलेपछि कपिलवस्तुमा लागूऔषध तस्कर समेत सक्रिय हुन थालेका छन्।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट चीनले भन्यो : नेपालको भूमि अतिक्रमण गरिएको छैन
अगिल्लो पोस्ट अर्घाखाँचीमा सव गाढेको साढे चार महिनापछि परम्परा अनुसार अन्त्यष्टि