दाङको भैंसी बगाउने खोलामा ट्रक दुर्घटना

सेयर गर्नुहोस्
225Shares

कार्तिक १७, ई-साझाकुरा

दाङको घोराही–लमही सडक खण्डमा ट्रक दुर्घटना भएको छ ।  दुर्घटनामा  चालकको मृत्यु भएको छ ।

घोराहीबाट लमही जाँदै गरेको ना६ख ६२० नम्बरको ट्रक आइतबार राति घोराही उपमहानगरपालिका–३ स्थित भैंसी बगाउने खोलामा पल्टिँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा बाँकेका ३५ वर्षीय प्रकाश परियारको रहेका छन् ।

दुर्घटनामा तुलसीपुर उपमहानगरपालिका–१४ का नवीन केसी र अर्का एक व्यक्ति घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । नाम–ठेगाना नखुलेका पुरुष गम्भीर घाइते भएको र उनलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा प्रारम्भिक उपचार गरी थप उपचारका लागि कोहलपुर मेडिकल कलेजमा लगिएकोमा त्यहाँबाट पनि बुटवल रिफर गरिएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट पुनः शुरु भयो कालीगण्डकीमा जल यातायात
अगिल्लो पोस्ट सीडीओलाई कोरोना संक्रमण