अरिङ्गालको टोकाईबाट ७५ वर्षीया बृद्धाको ज्यान गयो

सेयर गर्नुहोस्
0Shares

डोटी  जिल्लाको आदर्श गाउँपालिका वडा नम्वर १ बाँझककानीको बाहुनटाकमा अरिङ्गालको टोकाइबाट एक बृद्धको ज्यान गएको छ । स्थानीय गोबिन्द पार्कीले दिएको जानकारी अनुसार  अरिङ्गालको टोकाइबाट स्थानीय अन्दाजी ७५ वर्षीया कटि लुहारको ज्यान गएको छ । 

मृतक लुहारलाइ आइतबार वनमा गोठाला गएको बेलामा रुखमा गोलो बनाई बसेको अरिङ्गालले टोकेको थियो । अरिङ्गालको टोकाईबाट घाईते भएकी बृद्ध लुहारको स्थानीय मौवानगरदह स्वास्थ्यचौकीमा उपचार पछि आईतबार राती नै घरमा लगिएको थियो ।सोमबार बिहान २ बजेतिर उनको मृत्यु भएको बताइएको छ । केही दिन पहिला मात्र जिल्लाको सायल गाँउपालिकामा दुई बालिकाको अरिङ्गालको टोकाईबाट ज्यान गएको थियो ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट महाधिवेशन र समसामयिक विषयमा छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै
अगिल्लो पोस्ट तेस्रो मुलुक सहित भारत बाट आयात अखाद्य वस्तु नेपाल भित्रिने क्रम बढ्दो