जबरजस्ती करणी आरोपमा फारार अभियुक्त १४ महिना पछि पक्राउ

कात्तिक १६ कपिलवस्तु
पाँच वर्षिय वालिकालाई जबरजस्ती करणी गरेको आरोपमा फरार एक अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले १४ महिना पछि पक्राउ गरेको छ । गत वर्षको साउन महिलनामा जिल्लाको यशोधरा गाउँपालिका वडा नम्बर २ बिचली भडियार स्थित एक पाँच वर्षिय वालिकालाई जबरजस्ती करणी गरेको आरोपमा सोही ठाउँका अब्दुल हमिद मुसलमानको १८ वर्षको छोरा नासिर अली मुसलमानलाई प्रहरीले पक्राउ गरेको हो । मुसलमान विरुद्ध जबरजस्ती करणी मुद्धा दर्ता भएको थियो । उनलाई यशोधरा गाउँपालिका वडा नम्बर २ बाट कात्तिक ३ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका मुसलमानलाई आज जिल्ला अदालतमा पेश गरिएको कपिलवस्तु प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया