अर्घाखाँची गुल्ममा कार्यरत सशस्त्रका सईको कोरोना संक्रमणबाट मृत्यु

सेयर गर्नुहोस्
104Shares

कार्तिक १६ अर्घाखाँची ।
कोरोना भाइरस संक्रमित सशस्त्र प्रहरी बल, नेपालका प्रहरी नायब निरीक्षक (सई) को मृत्यु भएको छ । काठमाडौं बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचारको क्रममा शनिबार उनको मृत्यु भएको हो ।
सशस्त्र प्रहरीका प्रवक्ता राजु अर्यालले अस्पतालको वार्डमा उपचाररत कोरोना संक्रमित सई ४२ बर्षिय नगेन्द्र खड्काको मृत्यु भएको जानकारी दिए । निमोनिया ,दम रोगबाट पिडित उनलाई श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारको लागि लुम्बिनी अस्पतालबाट असोज २० गते सशस्त्र प्रहरी अस्पताल बलम्बु लगिएको थियो । पुर्खौली घर दैलेख घर भएका हाल सुर्खेत बस्दै आएका खड्का अर्घाखाँची सन्धिखर्क गुल्ममा बिगत २६ महिना देखि कार्यरत थिए ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट रुपन्देहीका ५२ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु
अगिल्लो पोस्ट जबरजस्ती करणी आरोपमा फारार अभियुक्त १४ महिना पछि पक्राउ