र्‍यापर भिटेनले मागे माफि , पुन परिमार्जन गरि गित अपलोड गरिने

सेयर गर्नुहोस्
2Shares

कार्तिक १६, ई-साझाकुरा

र्‍यापर समिर घिसिङ (भिटेन)ले ‘पारा’ टाइटलको गीतप्रति माफि मागेका छन् । नयाँ म्युजिक भिडियो पारामा प्रयोग भएको शब्द र समग्र म्युजिक भिडियोले कतिपय निकाय तथा व्यक्तिलाई पुर्‍याएको असर प्रति क्षमा याचना गर्दै बिज्ञपति जारी गरेका छन् ।

भिटेनले कात्तिक ८ गते पारा बोलको म्युजिक भिडियो भिटेन म्युजिक नामका युट्युव च्यानल मार्फत अपलोड गरेका थिए । तर भिडियोमा प्रयोग भएका शब्दले प्रहरी निकाय तथा महिलामा आघात पुग्नुका साथै समाजमा बिकृति फैल्याउन सक्ने प्रहरीमा गुनासो पुगेको थियो ।गीतमा अपशब्द तथा अस्लिल शब्दहरु पनि प्रयोग भएका थिए । त्यसपछि प्रहरी प्रधान कार्यालयले गायक देखि भिडियो निर्मातासम्मलाई अनुशन्धानका लागि पक्राउ गर्न साइबर ब्युरोलाई पत्र पठाएको थियो ।

अनुशन्धानका लागि पक्राउ गर्न पत्र पठाए लगत्तै भिटेनले सो गीत युट्युवबाट हटाएका थिए । भिडियो युट्युबमा ५ दिनमै दशलाख भन्दा बढीपटक हेरिएको थियो । भिटेनलले सो गीतलाई परिमार्जन गरेर पुन युट्युबमा अपलोड गर्ने बिज्ञप्ति मार्फत बताएका छन् । उनले यसअघिको म्युजिक भिडियोलाई अनाधिकृत रुपमा कसैले युट्युबमा अपलोड नगर्न आग्रह गरेका छन् ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट शुक्रराज ट्रपिकलले माग्न थाल्यो कोभिड-१९ का बिरामी सगँ धरौटी
अगिल्लो पोस्ट आइतबार २ हजार ८२४ कोरोना सङ्क्रमित थपिए