पूर्व राज्यमन्त्री सहित १० जना जुवा खालबाट पक्राउ

सांकेतिक तस्बिर
सांकेतिक तस्बिर
सेयर गर्नुहोस्
2Shares

कार्तिक १६, ई-साझाकुरा

पूर्व राज्यमन्त्री खोभारी रायसहित १० जना जुवाको खालबाट पक्राउ परेका छन् । उनीहरूलाइ महानगरीय प्रहरी प्रभाग स्वयम्भुको टोलीले स्वयम्भुको फेमिली क्वार्टर नजिक साइँली तामाङको घरबाट पक्राउ गरेको हो ।

महानगरीय वृत्त स्वयम्भूका अनुसार पक्राउ पर्नेमा रायसहित देवेन्द्र श्रेष्ठ, उत्तर कुमार लामा, विक्रम लामा, जितपुर लामा, सविन लामा, पर्वत भण्डारी, कान्छा तामाङ, धर्मलाल तामाङ लगायत छन् ।

जुवा खालबाट  नगद १ लाख ५३ हजार रुपैयाँ पनि बरामद गरिएकाे प्रहरीले जनाएकाे छ ।

तत्कालीन सद्भावना पार्टीका तर्फबाट पटक–पटक चुनाव जितेका राय विवादमा आइरहने व्यक्ति हुन् । उनी २०५२ सालमा शेरबहादुर देउवा नेतृत्वकाे सरकारमा र २०५३ सालमा लोकेन्द्रबहादुर चन्दको पालामा राय राज्यमन्त्री भएका थिए ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट जङ्गलमा पुरुषको शव फेला
अगिल्लो पोस्ट प्रश्नपत्रको खर्च व्यर्थे, पहिला छापिएका नष्ट गरि नयाँ प्रश्नपत्र छापिने