प्युठानमा थप एक कोरोना सङ्क्रमितको मृत्यु

सेयर गर्नुहोस्
0Shares

कात्तिक १५ प्युठान
प्युठानको माण्डवी गाउँपालिका –३ दारिमचौरका ५४ वर्षीय एक पुरुषको कोरोनाका कारण मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा गएराति ११ बजे उनको मृत्यु भएको माण्डवी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख धुर्वकुमार पोखरेलले जानकारी दिए ।
निमोनिया रोगबाट ग्रसित उनको वुटवलमा उपचार नभएपछि थप उपचारका लागि चितवन लगिएको थियो । रोगको अवस्था अनुसार गरिनुपर्ने सबै प्रकारको उपचार गर्दा समेत बिरामीको अवस्थामा सुधार आउन नसकी उपचारकै क्रममा मृत्यु भएको प्रमुख पोखरेलले बताए । योसँगै प्युठानमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३ पुगेको छ ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट कोरोनाका कारण दाङका पुरुषको बाँकेमा मृत्यु
अगिल्लो पोस्ट अनलाइन करातेमा नेपाललाई २ स्वर्ण,१ रजत र ७ कास्य