नेपालमा कोरोना : सङ्क्रमितको संख्या एक लाख ७० हजार नाघ्यो

सेयर गर्नुहोस्
2Shares

कात्तिक १५, काठमाण्डौ
नेपालमा कोरोना सङ्क्रमितको संख्या एक लाख ७० हजार नाघेको छ । गएको २४ घण्टामा दुई हजार पाँच सय आठ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको संख्या एक लाख ७० हजार सात सय ४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा नौ हजार दुई सय ७९ जनाको पीसीआर परीक्षण भएको हो ।
आज थपिएका मध्ये काठमाण्डौ उपत्यकाका एक हजार तीन सय ५७ जना रहेका छन् । यस्तै गएको २४ घण्टामा दुई हजार दुई सय ६४ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको संख्या एक लाख ३१ हजार दुई सय २२ पुगेको छ । अब नेपालमा ३८ हजार पाँच सय ८४ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
यस्तै गएको २४ घण्टामा १७ जनाको ज्यान गएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या नौ सय ३७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट एक्कासि बढ्याे पर्यटककाे चहलपहल
अगिल्लो पोस्ट कोरोनाका कारण दाङका पुरुषको बाँकेमा मृत्यु