टर्की र ग्रीसमा शक्तिशाली भूकम्प, कम्तीमा २२ काे मृत्यु

सेयर गर्नुहोस्
195Shares

टर्की र ग्रीसको सीमावर्ती क्षेत्रमा शक्तिशाली भूकम्प गएकाे छ । साे क्रममा कम्तीमा २२ जनाको मृत्यु भएको बताइएकाे छ । टर्कीको एजियन तटीय क्षेत्र तथा ग्रीसको उत्तरी क्षेत्रमा रहेको सामोस आइल्याण्ड नजिक केन्द्रविन्दु भएर ७ म्याग्निच्युडको भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

उक्त शक्तिशाली भूकम्पले टर्कीको इज्मिर शहर आसपासको क्षेत्रका भवनहरूमा क्षति पुर्‍याएको छ । स्थानीय अधिकारीहरूका अनुसार २० वटा घर भत्केका छन् ।

भत्किएका संरचनामुनि थप मानिसहरू पुरिएको हुनसक्ने आशङ्कामा उद्धारकर्ताहरूले खोजी कार्य गरिरहेका छन् । अहिलेसम्म २२ जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएको विवरण प्राप्त भएका छन् । भत्किएका संरचनामा परेर भूकम्पका कारण टर्कीमा २० र ग्रीसमा दुई जनाको मृत्यु भएको बताइएको छ ।

भूकम्पको केन्द्रविन्दु टर्कीको इज्मिर प्रान्तमा रहेको अमेरिकी जिओलोजिकल सर्वेले जनाएको छ । भूकम्पको धक्का धेरै टाढा एथेन्स र इस्तानबुलमा समेत महसुस गरिएको थियो ।

टर्कीमा भूकम्प गइरहन्छ । सन् १९९९ मा इज्मिरमा गएको भूकम्पमा करिब १७ हजार मानिसले ज्यान गुमाएका थिए ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट अमेरिकामा हालसम्मकै सर्वाधिक १ लाख १ हजारबढी दैनिक संक्रमण पुष्टि
अगिल्लो पोस्ट गेलले बनाए टी–२० मा १००० छक्काको कीर्तिमान