छुरा प्रहारबाट युवकको मृत्यु

सांकेतिक तस्बिर
सांकेतिक तस्बिर
सेयर गर्नुहोस्
21Shares

ई–साझाकुरा, कार्तिक १४

काठमाडौंस्थित धापासीमा अज्ञात समूहले छुरा प्रहार गर्दा एक युवकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार टोखा नगरपालिका–५ धापासी बस्ने गोरखा घर भएका २४ वर्षीय आशिष मगरको छुरा प्रहारबाट शुक्रबार बिहान मृत्यु भएको हो ।

धापासी हाइटस्थित देवी मन्दिरको प्राङ्गणमा अज्ञात समूहले एक्कासी छुरा प्रहार गर्दा उनी गम्भीर घाइते भएका थिए । उनको चिरायु अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरीले छुरा प्रहार गर्ने व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट मृत भेटिएको हात्ती , छैन् दारा र पुच्छर
अगिल्लो पोस्ट कपिलवस्तुको बाणगंगाबाट जंगली जनावर बँदेलको मासुसहित ३ जना पक्राउ