बागमती प्रदेशको सर्वोत्कृष्ट प्रहरी इन्सपेक्टर तिमिल्सिना
ई–साझाकुरा, कार्तिक १४
बागमती प्रदेश प्रहरी कार्यालयले गरेको मूल्यांकनमा इलाका प्रहरी कार्यालय बनेपा काभ्रेका प्रहरी निरीक्षक (इन्सपेक्टर) योगेन्द्र तिमिल्सिना उत्कृष्ट प्रहरी घोषित भएका छन् ।
बागमती प्रदेश प्रहरी कार्यालयले आफ्नो कार्यालय मातहत कार्यरत प्रहरी कर्मचारीको कार्यसम्पादनको आधारमा तिमिल्सिनालाई असोज महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो ।
प्रदेश प्रहरी कार्यालयले महिनाको उत्कृष्ट प्रहरी छनौट कार्यविधि २०७७ अनुसार छनोट समिति गठन गरेर हरेक महिना सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषणा गर्न थालेको छ । कार्यविधि अनुसार असोजदेखि १५ जना प्रहरी कर्मचारीलाई पनि पुरस्कार दिइएको छ ।
प्रतिक्रिया