तुलसीपुरमा खुट्टा काटिदिएको घटनामा संलग्न दुई जना पक्राउ

सेयर गर्नुहोस्
208Shares

ई–साझाकुरा, कार्तिक १४

गएको सोमबार दशैंको दिन दाङको तुलसीपुरमा ४५ वर्षका कुमार विकलाई आक्रमण गरी खुट्टा काटिदिएको घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । घटनामा संलग्न रहेको आरोपम तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १६ का २२ बर्षिय पवन चौधरी र वडा नम्वर १० पड्डा बस्ने २४ बर्षिय अमृत चौधरीलाई पक्राउ गरी ईलाका प्रहरी कार्यालय तुलसीपुरले आज शुक्रवार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो ।

प्रारम्भिक अनुसन्धान गर्ने क्रममा उनीहरुले अपराध स्वीकार गरीसकेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिव बहादुर सिंहले बताउनुभयो । उनीहरुले दशैं टिकाको दिन राति पौने दश बजे तुलसीपुर उपमहागनरपालिका–११ नवलपुर निबासी ४५ बर्षका विक माथि धारिलो हतियारले आक्रमण गरेका थिए । उनीहरुको आक्रमणबाट विकको बायाँ खुट्टाको चुरीगाँठादेखि तलतिरको भाग काटिनुको साथै शरिरमा गहिरो चोट लागेको थियो ।

घाईते विक दशै टिकाको दिन तुलसीपुर १० टरिगाउँ स्थित आफनो भान्जाको विवाह भोज खाएर घरतर्फ फर्कदै गर्दा उनीहरुले राती गोलौरामा एक्कासी आक्रमण गरेका थिए । सोहि दिन गोलौराको एक घरमा दशैं रमाईलो भईरहेको समयमा स्थानीयहरुबीच विवाद हुँदा एक जना माथि कुटपिट भएको घटनालाई लिएर उनीहरुले विक माथि आक्रमण गरेको डिएसपी सिंहले बताउनुभयो । घाइते बिकको अहिले भारतको लखनउमा उपचार भइरहेको छ ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट भाग्यमानी बाबुले गराइदिए छोराको चौरासी पूजा
अगिल्लो पोस्ट इटलीमा हरियो रङ्गको कुकुरको बच्चा जन्मियो