सुधारिएको लोगो सांसदलाई

सेयर गर्नुहोस्
56Shares

कार्तिक १३, ई–साझाकुरा

संघीय संसद सचिवालयले सांसदहरुलाई सुधारिएको लोगो वितरण सुरू गरेको छ।

सरकारले लिपुलेक, लिम्पियाधुरा समेटिएको नक्सा जारी गरेपछि पुरानो नक्सा भएको लोगो हटाइएको थियो।

तर गत साउन अन्तिममा नयाँ लोगो सार्वजनिक भए लगत्तै नक्साको स्वरूप नमिलेको पाइएपछि विरोध भएको थियो। सुनको जलपयुक्त लोगोमा झण्डाको रंग समेत लतपत थियो।

लोगो बागमती प्रदेश सरकार मातहतको घरेलु तथा साना उद्योग कार्यालयले निर्माण गरेको थियो। विवादमा परेपछि उद्योगले नि:शुल्क लोगो परिवर्तन गरिदिएको हो।

दुई लाल सुनको जलप लगाइएको नयाँ लोगोमा १ तोला चाँदीको बेस र ३.५ सेन्टिमिटर व्यास रहेको छ। लोगोको डिजाइन टेकवीर मुखियाले गरेका हुन्।

प्रति लोगोमा सचिवालयले ५ हजार ५ सय २७ रुपैयाँ खर्च गरेको थियो। संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले सांसदहरुले नयाँ लोगो प्रयोग गर्न थालेको बताए।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट बाणगंगा नदी किनारमा भेटीएका मुर्ति छड र सिमेन्टका : अध्यक्ष अधिकारी
अगिल्लो पोस्ट बिहिबार देशभर २ हजार ३ सय ६४ संक्रमित थपिए,