स्मार्ट लाइसेन्स धान खेतमा फेला

सेयर गर्नुहोस्
2Shares

कार्तिक १३, ई–साझाकुरा

प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा स्मार्ट सवारी चालक अनुमति पत्र (लाइसेन्स)हरु धान खेतमा फालिएको अवस्थामा फेला परेको छ ।

यातायात ब्यवस्था विभागबाट तयार भएर आएका लाइसेन्स जनकपुर उपमहानगरपालिका–१४ स्थित यातायात कार्यालयदेखि झण्डै २ सय मिटर पश्चिमतर्फ रहेको खेतमा धान काट्न गएका महिलाहरूले फेला पारेका हुन् । उनीहरुले लाइसेन्सहरु संकलन गरेर यातायात कार्यालयलाई नै दिएका छन् ।

‘बुधबार दिउँसो धान काट्न आउँदा खेतमा जताततै लाइसेन्स देख्यौं,’ एक महिलाले भनिन्, ‘ती सबै लाइसेन्स संकलन गरेर यातायातका कर्मचारीलाई दिएका छौं ।’

यातायात कार्यालयमा राखिएको लाइसेन्स धान खेतमा फेला परेपछि कार्यालयको सुरक्षामाथि प्रश्न उठेको छ ।

यातायात कार्यालय जनकपुरधामका अधिकृत विरेन्द्र साहले लाइसेन्स धान खेतमा फेला परेको स्विकार गर्दै ३ सय थान जति लाइसेन्स मात्रै भेटिएको बताए ।

कसैले गलत नियत राखेर लाइसेन्स फालेको हुन सक्ने बताउँदै उनले यसबारे जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराइएको बताए ।

यातायात कार्यालय जनकपुरधाममा दलाल र बिचौलियाको सहज पहुँच छ । दलाल र बिचौलियाहरु लाइसेन्ससहितका कागजात बोकेर आफूखुसी ओहोरदोहोर गर्दै आए पनि यातायात कार्यालयका कर्मचारीहरु मुकदर्शक बन्ने गरेको सेवाग्राही बताउँछन् ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट विस्फोटक पदार्थसहित चन्द समूहका २ जना पक्राउ
अगिल्लो पोस्ट शर्मा र लामिछानेको आवाजमा नया गीत “तिहार” बजारमा