विद्युत पोल गाडेको २१ सय दिन पुरा, बलेन बत्ती

सेयर गर्नुहोस्
81Shares

कार्तिक १३, ई–साझाकुरा

बैतडीमा विद्युत पोल गाडेको ६ वर्ष बितिसक्दा सम्म अझै बत्ती बलेको छैन् । पुर्चौडी नगरपालिका–७ ऐरीगाउँमा विद्युत पोल गाडेको ६ वर्ष बितिसक्दा सम्म अझै बत्ती बल्न नसकेको हो । साविकको कोटिला गाविस –१ भवने स्थित कोटेली गाड लघु जलविद्युत आयोजनका बीचमा सम्झौता गरि ऐरी गाउँमा विद्युत विस्तार गर्ने उद्देश्यले २०७१ सालमा पोल र तार खरिद गर्ने सम्झौता भएको थियो ।

६ लाख बराबरको रकम खर्च गरि गाडेका पोल अहिले अलपत्र अवस्थामा रहेका छन् । उक्त रकमबाट २० वटा पोल र २६ सय पचास मिटर विद्युत सिल्भर तार खरिद गरिएको बर्षौ वितिसक्दा सम्म त्यहाँका नागरिकका लागि न बत्ती बल्यो न कसैको चासोको विषय बन्यो । गाडेका पोलहरु कति ढलि सकेका छन भने कति बेवारिसे अवस्थामा फालिएका छन् ।

स्थानिय सरकार संचालन भएको झण्डै साढी तीन बर्ष वितिसक्दा समेत त्यहाँको स्थानिय सरकारको आखाँको नजर नै नलाग्नु दुखःको कुरा हो । पटक पटक स्थानिय सरकार संग माग राख्दा कुनै पनि किसिमको उत्तरदायीत्व नदेखाए पछि त्यहाँका नागरिकहरुको बत्तिबाल्ने आशा अहिले निराशामा परिणत भएको विद्युत् विस्तार उपभोक्ता समितिका अध्यक्ष दल बहादुर ऐरले बताए । उनले भने “अझै सम्म विद्युत् सञ्चालन हुने टुङ्गो छैन् ।”

नागरिकहरुले स्थानिय सरकार प्रति आसा अपेक्षा गरे अुनरुप विकासका कामहरुमा गति लिन नसकेको स्थानियहरुको गुनासो बढदै आएको छ । नागरिकहरुको विजुली बाल्ने सपना, अधुरै रहनु, स्थानिय सरकारले चुनावी घोषणापत्रमा उल्लेख गरिएका कुरा घोषणापत्रमै सिमित रहेको स्थानीय डम्बर बहादुर ऐरले बताए ।

विद्युत सेवा सञ्चालन गर्न नसक्दा यहाँका झण्डै १६५ घरधुरी अन्धकारमै रात काट्न बाध्य भएका छन् ।

विद्युत् नहुँदा सोलार टुक्कीको भरमा रातिका बेला उज्यालो गर्नुपर्ने भएकाले विद्यालय पढ्ने बालबालिका र गृहिणीमा समस्या देखापरेको छ । मोबाइल, लाइट चार्ज गर्नका लागि दैनिक अर्काको घर जानु पर्ने समस्या कायमै रहेको स्थानीय ऐरले बताए । गाउँमा बिजुलीको पोल गाड्न थालेको लामो समय सम्म सुविधा उपभोग गर्न नपाउदा निकै दुखी भएको स्थानीय डम्बर बहादुर ऐरले बताए ।

साविकको गाविस अहिले नगरपालिकाको ७ वडामा परिणत हुँदा पनि विद्युत् सेवा सुविधाबाट टाढा नै रहेको कुरा समेत उनले बताए । “स्थानिय स्तरमा उत्पादन भएको लघु जलविद्युतले यो क्षेत्रका लागि आपुर्ति हुन सक्दैन भन्दै स्थानियहरुले वास्ता नगरेको र बजेट बिनयोजन गर्न खोज्दा नागरिकले चासो नदेखाको वडा नं. ७ का वडाअध्यक्ष राम बहादुर ऐरले त्यहाँका बासिन्दाहरुलाई उल्टै दोष लगाएका छन् ।

उनले भने राजनीतिक विभेदको पराकाष्ट खेप्दै आएका कारण यो विद्युत विस्तार गर्ने कार्य बर्षौ वितिसक्दा सम्म पनि संचालनमा नआएको कुरालाई सहज रुपमा स्वीकार गरेका छन् ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।