सल्यान : जिल्ला प्रशासन कार्यालय सेवा एक हप्तासम्म स्थगित

सेयर गर्नुहोस्
47Shares

कार्तिक १३, ई–साझाकुरा

कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय सल्यानबाट प्रदान गरिने सेवाहरु एक हप्तासम्म बन्द हुने भएका छन् ।

एक सुचना जारी गर्दै जिल्ला प्रशासन कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि कार्यालयबाट प्रदान गरिने नागरिकता लगाएतका सम्पूर्ण सेवा आज कात्तिक १३ गते देखी कात्तिक २० गतेसम्म स्थगित जानकारी दिएको हो ।

जारी सुचनाअनुसार जिल्ला प्रशासन कार्यालयमा कार्यरत विभिन्न कर्मचारीहरुको बिभिन्न मितीमा संकलित स्वावको पिसिआर परिक्षण गर्दा केही कर्मचारीमा कोरोना संक्रमण देखिएको र जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको भिडभाड हुने भएकाले यसले झन् कोरोना भाइरस सर्ने उच्च जोखिम भएकाले एक साताका लागी सेवाहरु बन्द गरिएको जिल्ला प्रशासन कार्यालय सल्यानले सुचना जारी गरेर जानकारी दिएको हो ।

एकहप्ता सम्म जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने शान्ति सुरक्षा, मुद्दाको सुनुवाई तथा विपद् व्यवस्थापन सम्बन्धी बाहेकका अरु सबै सेवाहरु स्थगित गरिएको जनाएको छ ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट विश्वभर हालसम्मकै सर्वाधिक एकै दिन ५ लाख संक्रमित थपिए, मृत्युसंख्या पनि बढ्दै
अगिल्लो पोस्ट निर्माण कार्य ढिलो भएपछि भलवाड सडकमा स्थानियद्धारा सडक अबरुद्ध