रुपन्देहीको दानव नदीमा एक बालक बेपत्ता

सेयर गर्नुहोस्
140Shares

कात्तिक १२, रुपन्देही
बडादसैँ समाप्तिसँगै दुर्गा भगवतीको मूर्ति विर्सजन गएका एक बालक रुपन्देहीको दानव नदीमा बेपत्ता भएका छन् ।
प्रत्यक्षदर्शीहरुले दिएको जानकारी अनुसार रुपन्देहीको सम्मरीमाई गाउँपालिका– ६ महदेवा निवासी अन्दाजी १६ वर्षीय मुकेश चौधरी मंगलबार दिउँसो दुई बजे नुहाउने क्रममा बेपत्ता भएका हुन् । दुर्गाको मूर्ति विसर्जनका क्रममा उनी अन्य सहभागीसँगै नुहाउनका लागि नदीमा पसेका थिए ।
मूर्ति विसर्जन पश्चात सामूहिक रुपमा नुहाईरहेका भुवाल कुर्मी, मनोज लोध र मुकेश चौधरी डुब्न लाग्दा कुर्मी र लोधलाई उद्धार गरिएको सशस्त्र प्रहरी बेस क्याम्प दुई मुहानका प्रमुख सहदेव सापकोटाले जानकारी गराए । तर चौधरीलाई भने फेला पार्न नसकिएको उनको भनाइ छ ।
दानव नदीमा डुंगा र गोताखोर मार्फत जाल प्रयोग गरी चौधरीको खोजतलास भइरहेको छ । सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा खोजी कार्य जारी रहेको सापकोटाले बताए ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट आईपीएलमा आज मुम्बई र बैंगलोर भिड्दै
अगिल्लो पोस्ट भैंसीले हान्दा दाङमा एक महिलाको ज्यान गयो