यूरोपमा कोरोनाका कारण दैनिक ज्यान गुमाउनेको संख्या ४० प्रतिशतले बढ्यो

कार्तिक १२, ई–साझाकुरा

यूरोपमा कोरोना भाइरसको सङ्क्रमणका कारण दैनिक ज्यान गुमाउनेको संख्या एक हप्तामै ४० प्रतिशतले बढेको विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले जनाएको छ ।

फ्रान्स, स्पेन, बेलायत, नेदरल्याण्ड र रुसमा सङ्क्रमितको संख्या एक तिहाइले बढेको र ज्यान गुमाउनेको संख्या झण्डै ४० प्रतिशतले बढेको डब्ल्यूएचओकी प्रवक्ता डाक्टर मारगेरेट ह्यारिसले बताउनुभयो ।

उहाँले यूरोपमा खतराको घण्टी बज्न लागेकाले सचेत हुनुपर्नेमा जोड दिनुभयो । स्वास्थ्य सेवा राम्रा भएका देशमा अस्पतालको क्षमताभन्दा धेरै बिरामी भर्ना भइरहेका पनि उहाँले जानकारी दिनुभयो ।

उहाँले यूरोपका विभिन्न देशले कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणको लागि लागू गरेका नयाँ प्रतिबन्धले सङ्क्रमितसँगै ज्यान गुमाउनेको संख्या घट्नेमा विश्वास व्यक्त गर्नुभएको छ ।

त्यसको लागि दुई हप्ता समय लाग्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया