भारतमा लुटपाट गरेको आरोपमा पाँच नेपाली पक्राउ

सेयर गर्नुहोस्
73Shares

कार्तिक ११, ई–साझाकुरा

एक व्यापारीको घरमा लुटपाट गरेको आरोपमा भारतको हैदरावादबाट एक महिलासहित ४ जना नेपाली नागरिकलाई प्रहरीले गिरफ्तार गरेको छ ।

उनीहरुको साथबाट १७ लाख रुपयाँ जफत गरेको स्थानीय प्रहरीलाई उधृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । उनीहरुले १९ अक्टोबरमा एक व्यापारीको घरमा लुटपाट गरेर भागेको त्यहाँको प्रहरीले जनाएको छ ।

उनीहरुलाई दुई दिनअघि उत्तर प्रदेशको लखनउबाट हिरासतमा लिई हैदरावाद लगिएको छ । उनीहरुमध्ये दुई जना सो घरमा नै काम गर्ने गरेको समेत प्रहरीले उल्लेख गरेको छ । उनीहरुले १८ तोला सुन र ४० तोला चाँदी र १० लाख रुपयाँ चाँदी लुटेका थिए । उनीहरु नेपाल फर्कदै गर्दा लखनउको रेलवे स्टेसनबाट पक्राउ गरिएको हो ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट नेकपाले यसवर्ष चियापान कार्यक्रम नगर्ने
अगिल्लो पोस्ट १२ कक्षाको परीक्षा केन्द्रमा ‘हेल्थ डेस्क’