वडा अध्यक्ष सहित १२ जना जुवा खेल्दाखेल्दै पक्राउ

सेयर गर्नुहोस्
91Shares

कार्तिक ११, ई–साझाकुरा

गुल्मीमा वडा अध्यक्ष सहित १२ जना जुवाडे पक्राउ परेका छन्। गुल्मीको रेसुङगा नगरपालिका वडा नं. ७ का अध्यक्ष मोहन पाण्डे, निर्माण व्यवसायी राजु पाण्डे सहित १२ जनालाई जुवाको खालबाट पक्राउ गरिएको हो।

वडा अध्यक्ष पाण्डे युवा संघ गुल्मीका संयोजक समेत हुन्।

रेसुङगा नगरपालिका वडा नं. ८ तम्घास स्थित एभरग्रीन होटलबाट उनिहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक राजकुमार रावलले बताए।

होटलमा जुवा खेलिरहेको सुराकीको आधारमा उनिहरुलाई सोमबार राती पक्राउ गरिएको हो। उनीहरूको साथबाट ७० हजार नगद समेत बरामद गरिएको  प्रहरीले जनाएको छ।

पक्राउ गरिएका सबै रेसुङ्गा नगरपालिका र गुल्मी दरबार गाउँपालिकाका भएको रावलले बताए। यद्धपी उनले जुवाडेहरुको विस्तृत विवरण भने बताउन चाहेनन्।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट भान्जको बिहे भोजमा गएका एक पुरुषक खुट्टा छिनालिएको अवस्थामा फेला
अगिल्लो पोस्ट सुरु हुन थाल्यो जाडो, जुम्लाको तापक्रम माइनस १.५ डिग्रीमा